कुमारी बैंकले गरिब दलितको उठिबासी गरेपछि फेरी पार्की परिवार आन्दोलित

कञ्चनपुर, जेठ ६ : कुमारी बैंकले गरिब दलित विपन्न गरिब परिवारको उठिबासी गर्न षड्यन्त्र रचेपछि पार्की परिवार आन्दोलित भएको छ ।
भीमदत्त नगरपालिका १८गोबरैयाका थम बहादुर कामीको जमिन अनेकन तिकडम गरेर लिलामी प्रकृयामा पु¥याएपछि कामी परिवार स्थानीय सरकारदेखि विभिन्न राजनीतिक दल, निकायमा पुगेको थियो ।

विगतमा कुमारी बंैकले आफुहरुस्रंग गरेको सम्झौता उलङघन गर्दै फेरी आफ्नो जमिन हडप्न अर्को प्रपञ्च रहेपछि बाध्य भएर सपरिवार सहित बंैंक बिरुद्ध आन्दोलनमा उत्रिएको बताए ।
भीमदत्त नगरपालिका १८गोबरैयाका प्रकास पार्कीले बैंकले अनेकन षड्यन्त्र गरेर आफ्नो लाखौँ रकम मुल्यको ३कट्टा ११ धुर जमिन अरुलाई लिलाम सकार गर्न खोजेपछि बाध्य भएर धर्नामा बसेको बताए । ‘विगतमा हामीसंग बैंकले सम्झौता नै गरेर १०लाख जम्मा गरे जमिन फिर्ता दिने सम्झौता गरेको थियो, ‘उनले भने, ‘अहिले आएर बैंकले सम्झौता उलङघन गर्दैछ ।’

आइतबार दिउँसोदेखि कुमारी बैंक महेन्द्रनगर शाखमा धर्नामा रहेका पार्की परिवारले विगतमा गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने, कार्यान्वयन नगर्दासम्म धर्ना जारी राख्ने जनाएको छ । यस बारेमा उक्त बैंकका कर्मचारीसंग थप बुझ्न जाँदा संचारकर्मीसंग बैकले प्रतिकृया दिन चाहेको छैन । धर्नामा रहेका पार्की परिवारको धारणा सुनेर बैकमा प्रतिकृया बुझन जाँदा एक जना कर्मचारीले केही छिनमै शाखा प्रमुख आउने भन्दै नम्बर चाहे वेससाईडमा हेर्नुहोला भन्दै जिम्मेबारीबाट पन्छिए । बंैकका कर्मचारीको व्यवहारबाट समेत बंंैकका कर्मचारीले विपन्न पार्कीको जमिन गोलमटोल गरेर कुल्याउन खोजेको अर्थाउन सकिने स्थानीयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?