बेलडाँडी र पुनर्वासमा निःशुल्क घुम्ती बाली उपचार शिविर

केशव थापा / कञ्चनपुर, २७ बैशाख । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, कञ्चनपुरको आयोजनामा निःशुल्क घुम्ती बाली उपचार शिविर सञ्चालन गरिएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयमा बिहीबार शिविर सञ्चालन गरिएको हो । उक्त शिविरमा करिब ७० जना कृषकहरूले नमुना परीक्षण गराई सेवा लिनु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कञ्चनपुरका प्रमुख, वरिष्ठ कृषि अधिकृत सञ्जु उपाध्याय रिमालले जानकारी दिनुभयो ।

कृषकहरूले बालीको नमुना परीक्षण गराउँदा चैते धान र उखुमा गभारो किराको प्रकोप, आँपमा फड्के किरा र काँक्रा तथा फर्सीमा औँसा किराहरूको प्रमुख समस्या देखा परेको बताइएको छ । आफ्नो बालीनाली तथा फलफूलमा देखिएका रोग तथा किराहरूको नमुनाको निःशुल्क परीक्षण गराउनु भएका कृषकहरूले बालीनाली नोक्सान हुनबाट जोगाउन सहयोग पुगेको प्रतिक्रिया दिनु भएको छ । रोग किराको प्रकोप कम गर्न किसानलाई घरदैलोमै सेवा पु¥याउने उद्देश्यले उक्त शिविरको आयोजना गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कञ्चनपुरले जनाएको छ । यसअघि पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा यही बैशाख २४ गते सोमबारका दिन शिविर सञ्चालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?