भूमिहीन सुकुम्बासीको प्रशासन र नगरपालिकालाई ज्ञापनपत्र : व्यवस्थापन गर्न माग

कञ्चनपुर : सकुम्बसी संघर्ष समितिले कञ्चनपुर जिल्ला प्रशासन कार्यालय र भीमदत्त नगरपालिकालाई माग पत्र बुझाएको छ । बिहीबार संघर्ष समितिले चार बुँदामा मागहरु राख्दै कञ्चनपुरको भिनापा १८ बस्ने भुमिहिनहरुले मागपत्र बुझाएका हुन् ।

भूमिहीन सुकुम्बासी नागरिकले आफूलाई डर, धम्की देखाउन भन्दा पनि। उचित व्यवस्थापन गर्न माग राखेको छ । संघर्ष समितिका मागहरु निम्न अनुसार छन :

१. हामी भूमिहिन सुकुम्वासीहरुलाई राष्ट्रिय भूमि आयोगले दिएको सुकुम्बासी प्रमाणपत्र र निस्सा प्रमाण सहित प्राप्त भएको व्यक्तिको छानविन गरी वास्तविक सुकुम्बासीहरुको स्थायी वसोवासको व्यवस्था गरिनु पर्ने ।

२. राष्ट्रिय भूमि आयोग, कञ्चनपुर जिल्ला प्रशासन, भीमदत्त नगरपालिका र भूमिहिन सुकुम्वासी सहितको संयुक्त छानविन कमिटी गठन हुनुपर्ने ।

३. २०८० चैत्र २२ गते जि.प्र.कार्यालको रोहवरमा सर्वदलिय, सर्वपक्षिय बैठकले गरेको निर्णय माथि पुर्नविचार गरी भूमिहिन सुकुम्बासी बस्ती खाली गर्ने निर्णय खारेज गरिनु पर्ने ।

४. हामी भूमिहिन सुकुम्बासी जनताको गाँस वास, कपास र शिक्षा, स्वास्थ्य तथा रोजगारको उचित व्यवस्था गरिनु पर्ने ।

५. भूमिहिन सुकुम्बासी वस्ती बाहेक अन्य भू-अतिक्रमणकारीहरुलाई हटाई कारवाहीको दायरामा ल्याउनु पर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?