कुमार पौडेलका हत्यारालाई कारबाही गर्न संघर्ष गर्छौं : अनिल सीे

बर्दिवास । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मद्येस प्रदेश इन्चार्ज अनिल सीले एकीकृत जनक्रान्तिका सहिद कुमार पौडेलका हत्यारालाई कारबाही गर्नका लागि संघर्ष गर्ने उद्घोष गरेका छन् । मंगलबार मद्येस प्रदेशले आयोजना गरेको पार्टी सुदृढीकरण, जनसम्बन्ध विस्तार अभियान तथा राजनीति वैचारिक प्रशिक्षण कार्यक्रमको अध्यक्षता गर्दै उनले कुमार पौडेलको हत्यारालाई कारवाही गर्नका लागि संघर्ष गर्ने उद्घोष गरेका हुन् ।

महोत्तरीको बर्दिवासमा आयोजित कार्यक्रममा अनिलले भने, ‘सर्लाहीमा कुमार पौडेलको हत्या भएपछि हाम्रो पार्टी यो क्षेत्रमा कमजोर भएको थियो । उनीहरुले हाम्रो पार्टी नेता र कार्यकर्ताको हुमर्त लिएका थिए । यहाँको मनोविज्ञानलाई उठाउन हामीले केही सोचेका छौं । कुमार पौडेललाई फेरी विउताउन त सक्दैनौं तर उहाँको आदर्शलाई उच्च लेभलमा पुर्याउँदै दुस्मुनको मनोबललाई गिराउन सक्छौं । त्यसको निम्ती केही सोचिएको छ ।’

कुमार पौडेलको भव्य सालिक बनाउने, कुमार पौडेलको नाममा जनताले प्रयोग गर्न मिल्ने खालको एउटा संचना बनाउने र हत्यारालाई कारबाही गर्न प्रदेशभर संघर्ष गर्ने योजना बनाएको उनको भनाई थियो । ‘इन्सेक, मानवअधिकार आयोगले सुद्ध प्रमाणित गरेका, पीडित परिवारले किटानी जाहेरी दिएका अपराधिलाई कारवाही प्रक्रिया अगाडि बढाउ भनेर दवाद दिने, सिडियोलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने लगायतका संघर्षका कार्यक्रम अगाडि बढाउने साचेका छौं ।’, उनले भने, ‘हामीले लामो संघर्षको बारेमा सोचेका छौं । त्यसका लागि सर्लाही जिल्ला बन्दसम्म जानपर्ने हुनसक्छ ।’

यति गर्दा पनि कारवाही नभए एकीकृत जनक्रान्ति पुरा भएपछि कारवाही गर्ने बताए । ‘मान्छे मरेको विसौं, तिसौं, पचासौं बर्षपछि पनि मृत्यु दण्ड दिने चलन युरोतिर छ । हामीले अपराधिहरु जिवित छन् भने भौतिक रुपमा र मरेपछि पनि सामाजिक सांस्कृतिक दण्ड हुनेखालको मृत्यु दण्ड दिनुपर्छ ।’, उनले भने ।

उनले श्रम गरेकै कारण मानिस विवेकी प्राणाी भएको बताउँदै कम्युनिस्ट पार्टीका कार्यकर्ताले श्रमलाई प्राथमिकता राख्नुपर्ने बताए । कार्यक्रममा नेकपा महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई नेकपा केन्द्रीय सदस्य रामकुमार सीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए भने कार्यक्रमको संचालन पवन सीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?