अग्नी पीडितलाई गास बासको व्यवस्था गर्न युवा संगठनको माग

काठमाडौं – युवा संगठन नेपालले अग्नी पीडितलाई गास बासको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै युवा संगठनले ४८ जिल्लाका अग्नी पीडिलाई राहत, उद्धार तथा गास बासको व्यवस्था गर्न माग गरेको हो ।

‘चैतको अन्तिम सातादेखि देशका उच्च पहाडी, मध्य र तराई लगायतका ४८ जिल्लाहरूमा डढेलोको प्रकोप तीव्र गतिमा फैलिदै गईरहेको छ डढेलोका कारण मानविय क्षती हुनुका साथै घर जलेर नस्ट भएका छन् ।’, संगठनका अध्यक्ष दिनेश सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस दुःखद क्षणमा युवा संगठन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । आगलागीबाट विभिन्न जिल्लाहरुमा ज्यान गुमाउने नागरिकहरु प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घर परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं ।’

‘आगलागीबाट पिडित नागरिकलाई तत्काल राहत उपलब्ध गर्न, उचित गास बासको व्यवस्था गर्न, घाइतेहरुको स्वास्थ्य उपचारको व्यवस्था गर्न, वृद्ध वृद्घा, वालवालिका र गर्भवती महिलाहरुको विशेष रुपले गाँस, बास र स्वास्थ्यको ख्याल गर्न र डढेलो नियन्त्रणका लागि सरकारले सम्पूर्ण साधन श्रोत र शक्ति परिचालन गर्न नेपाल सरकारसँग हाम्रो संगठन जोड्दार माग गर्दछ ।’, संगठनले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?