काठमाडौ/ जनपत्रकार संगठन नेपालले प्रभातफेरी गरेको छ।शुक्रबार नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन उद्घाटनको सन्दर्भमा राजधानीको शान्तिबाटिका देखि रास्ट्रीय सभागृहसम्म प्रभातफेरी गरिएको हो।
जनपत्रकार संगठन नेपालद्वारा-प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो एक्यवद्धता, मानव अधिकारको रक्षा र समाजवादका लागि जनपत्रकारिता भन्ने मुल नारा सहित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं, नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन सफल पारौं जस्ता नारा भएको ब्यानर र प्लेकार्डहरु समेत प्रदर्शन गरिएको थियो।
मर्यादित पत्रकारिता- सुरक्षित पत्रकार,श्रम अधिकार र प्रेस स्वतन्त्रता, हाम्रो अधिकारको नारा सहित महासंघको अधिवेशन शुरु भएको छ भने अधिबेशनले महासंघको आगामी चुनाव समेत तोक्ने छ।














