प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाण्डौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दुई घण्टा भेटवार्ता भएको हो।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिबार बिहान ११ः४० बजे पुगेका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकी सिंहदरबारबाट बाहिरिएका हुन्।

भेटवार्तापछि ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए। साथै, उनले संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिटै अधिवेशन बोलाउने विश्वास पनि व्यक्त गरे।‘संसदको अधिवेशन छिट्टै बोलाउनुहोला। यो सरकारको मामिला हो। संसदको मामिला हो,’ ओलीले भने, ‘प्रधानमन्त्रीसँग समसामयिक राजनीति लगायतका विषयमा छलफल भयो।’आजको भेटमा गत वैशाख १५ गते भएको उपनिर्वाचनको विषयमा पनि समीक्षा भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?