एउटै कोठामा दिदी–बहिनी मृत फेला

कैलाली । कैलालीमा एउटै कोठामा दिदी–बहिनी मृत भेटिएका छन् । आज मंगलबार बिहान करिब ७ बजेतिर घोडाघोडी नगरपालिका–१० ठेबारस्थित एक घरमा दुई दिदी–बहिनी मृत फेला परेका हुन् ।

टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो कोठामा दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिएका छन् । मृतक २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्रा छन् ।

डिएसपी बोहराका अनुसार उनीहरू दुबै जना झुण्डिएको अवस्थामा फेला परेका हुन् । उक्त खबरपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?