धरमपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बर्थिङ सेन्टरको उद्घाटन

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका -०५ मा रहेको धरमपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ। सोमबार वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा बर्थिङ सेन्टरको उद्घाटन गरिएको हो। कार्यक्रममा वडा अध्यक्ष एवम् नगर प्रवक्ता चित्रदेव भट्टको सभापतित्व रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नगर प्रमुख बोहराले उक्त क्षेत्र दुर्गम रहेको बताउँदै घरमा सुत्केरी हुँदा जोखिम हुने भएकोले अकाल मृत्यु बाट बच्न प्रसूति गृहको आवश्यकता रहेको हुँदा उक्त क्षेत्रमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताए। साथै उनले नगरपालिकामा स्वास्थ्य र शिक्षाको क्षेत्रमा कटिबद्ध भएर लाग्ने र स्वास्थयमुखि कार्यक्रम, स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिने प्रतिवद्धता गरेका छन्।

वडा नम्बर -०५ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता भट्टले स्वास्थ्यमा यहाँका जनताले धेरै सास्ती भोग्नुपरेको हुँदा आफ्नो पहिलो प्राथमिकतामा स्वास्थ्य रहेको र त्यसका साथसाथै शिक्षा, स्वास्थ्य लगायतका सेवाको बिस्तारका लागि आफू कटिबद्ध भै लाग्ने बताएका छन्। कार्यक्रममा वेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशीको विशिष्ट आतिथ्य रहेको थियो। 

उक्त वर्थिङ सेन्टर वेदकोट नगरपालिकाको दोस्रो बर्थिङ सेन्टर हो यसअघि वेनपा-०३ मा रहेको दैजी स्वास्थय सेवा केन्द्रमा नगरपालिकाकै पहिलो बर्थिङ् सेन्टर सञ्चालनमा ल्याइएको थियो। उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य लगायत सरोकारवाला निकायहरूको भव्य सहभागिता रहेको थियो। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?