पत्रकारले होली खेलेको रकमबाट बृद्ध आश्रममा फलफुल सहयोग

कञ्चनपुर, चैत्र १५ : कञ्चनपुरका पत्रकारहरुले यस बर्ष होली खेलेको रकमबाट बृद्धआश्रममा सहयोग गरेका छन । बेदकोट नगरपालिका ७ र ८ रौटेलामा रहेको बैजनाथ बृद्धआश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफुलल सहयोग गरेका हुन ।

विभिन्न संचार माध्ययमा कार्यरत जिल्लाका पत्रकारहरुले होली खेलेर रौटेला बृद्धआश्रममा फलफुलका साथै मासु चिउरा समेत वितरण गरेका छन । पत्रकार रमेश प्रशाद भट्टले एक कार्यक्रमका विच पत्रकारहरुको उपस्थितिमा बृद्ध आश्रममा फलफुल वितरण गरिएको बताए । समाजिक कार्य गर्ने उदेश्यका साथ बृद्धआश्रममा होलीबाट संकलन भएको रकमबाट सक्दो सहयोग गरिएको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले समेत आफ्नो जन्मदिनको अवसरमा फलफुल वितरण गरेका थिए । यस अघि पत्रकारहरुले बाल अनाथालयमा शैक्षिक समाग्री एव खेलकुद समाग्री सहयोग गरेका थिए । नियमित कामका साथै पत्रकारहरुले एकातिर होली पर्व खेलेर धर्म संस्कृतिको सरक्षण अर्कातिर समाजिक काम गरेको भन्दै समाजका अगुवाहरुले पत्रकारहरुप्रति आभार प्रकट गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?