कञ्चनपुर, चैत्र १४ : संस्कृति तथा परम्पराको जगेर्ना र संरक्षण गर्ने उद्देश्य सहित खेलिएको होली बाट उठेको रकम वाफत सञ्चारकर्मीहरुले अनाथालयमा सहयोग गरेका छन् । कञ्चनपुरमा मिडियाहरु संग आवद्ध सञ्चारकर्मीको टीमद्वारा खेलिएको होलीबाट उठेको रकम वाफत होली कमिटीले अनाथालयमा बुधबार शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको हो ।
सञ्चारकर्मीको होली कमिटीले जिल्लाको महेन्द्रनगर स्थित समाजकल्याण बाल अनाथालयमा शैक्षिक तथा खेलकुद समाग्री सहयोग गरेको पत्रकार भाष्कर केसीले बताए ।
पत्रकार केसीका अनुसार बुधबार एक कार्यक्रमका विच पत्रकारहरुको उपस्थितिमा अनाथालयमा शैक्षिक तथा खेलकुद समाग्री एव मिठाई खाद्यान्न वितरण गरेका छन । समाजिक कार्य गर्ने उदेश्यका साथ अनाथालयमा होलीबाट संकलन भएको रकमबाट सक्दो सहयोग गरिएको उनले बताए । नेपाल पत्रकार महासघ शाखा कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीलाई शैक्षिक तथा खेलकुद समाग्री हस्तान्तरण गरेका छन । नियमित कामका साथै पत्रकारहरुले एकातिर होली पर्व खेलेर धर्म संस्कृतिको सरक्षण अर्कातिर समाजिक काम गरेको भन्दै समाजका अगुवाहरुले पत्रकारहरुप्रति आभार प्रकट गरेका छन ।














