तिलकपुरका बिष्ट ड्रागन फ्रुटको खेतीमा (भिडियोसहित)

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका ३ तिलकपुरका राजेन्द्र बहादुर बिष्ट ड्रागन फ्रुटको खेतीमा लागेका छन्। यसै साल नेपाली सेनाबाट अवकाश प्राप्त बिष्टले आफ्नै घरको बारीमा ड्रागन फ्रुटको खेतीको सुरुवात गरेका हुन्। हाल उनले एक कट्टा जमिनमा ड्रागन फ्रुट लगाएका छन्।

कञ्चनपुरका पत्रकार एवम् कौसिबारीका अभियन्ता धनसिंह धामीले कञ्चनपुरमा पहिलो पटक ड्रागन फ्रुटका बिरुवाहरू खेती गर्न इच्छुकहरूलाई निशुल्क वितरणको अभियान सुरु गरेका थिए। बिष्टले पनि अभियन्ता धामीदेखि नै ५० विरूवा ल्याएर खेतीको सुरुवात गरेका हुन्। 

भिडियो :

कृषिमा केही गर्नुपर्छ, जागिरबाट अवकाश भइसकेपछि पनि समाजमा आफ्नो सक्रिय भूमिका रहनुपर्छ भन्ने उद्देश्यका साथ ड्रागन फ्रुट खेतीको सुरुवात गरेको बिष्टको भनाइ रहेको छ। उनले भने ‘कृषिमा केही गर्नुपर्छ भन्ने सोच मनमा थियो, ड्रागन फ्रुट स्वास्थ्यका लागि पनि राम्रो भएको हुँदा मैले ड्रागन फ्रुटको खेती गर्नुपर्छ भन्ने लाग्यो र हाललाई एक कट्टा जमिनमा यसको सुरुवात गरेको छु।’ साथै बिष्टले पाँच कट्टा जमिनमा ड्रागन फ्रुटको खेती गर्ने आफूले योजना बनाएको बताएका छन्। 

कौसिबारीका अभियन्ता धामीले कृषि गर्न इच्छुक युवाहरूलाई आफूले सहयोग गर्ने बताएका छन्। उनले भने ‘ड्रागन फ्रुट लगाएर खेती गर्न इच्छुक सबैलाई सहयोग गर्नेछु र ड्रागन फ्रुटको विरूवा निशुल्क वितरण गर्नेछु।’ साथै उनले कञ्चनपुरका विभिन्न व्यक्ति, सहकारी संस्था, वडा कार्यालय लगायतलाई समेत निशुल्क ड्रागन फलका विरूवाहरू वितरण गरेको बताएका छन् र आगामी दिनमा समेत यो अभियान निरन्तर जारी रहने उनको भनाइ रहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?