व्यापारी ठगुन्ना भन्छन,“सशस्त्रले ६ हजार र २ बोतल रम नदिँदा कुटपिट गरी गाडी कब्जा गर्यो”

कञ्चनपुर, फागुन २९ : डडेल्धुराको परशुराम नगरका एक व्यवसायीले सशस्त्र प्रहरीका अधिकृत माथि संघीन आरोप लगाएका छन । परशुराम नगरपालिका ५ कुयापानीका किराना व्यवसायी अम्मर सिह ठगुन्नाले सशस्त्र प्रहरी निरीक्षक(ईन्सपेक्टर) हर्क साउदमाथि संघीन आरोप लगाएका हुन ।

अनिता खुद्रा पसलका संचालक समेत रहेका व्यवसायी ठगुन्नाले आफुले सशस्त्र प्रहरी बल(बिओपी) परिगाँउका इन्चार्ज हर्क साउदलाई मासिक नगद ६ हजार र २ बोतल खुकुरीरम मदिरा दिदै आएको बताए । ‘मेले सशस्त्र प्रहरी प्रहरीलाई व्यवसाय गरे बाफत महिनाबारी नगद र रक्सी दिदै आएको थिए, काममा कुनै अवरोध भएन, फागुनमा महिनावारी नदिदा मेरो गाडी र समान नियन्त्रणमा लिएर भन्सार पु¥याईदियो ।’

१६ फागुनमा सशस्त्र प्रहरीका ईन्सपेक्टर हर्क साउदले आफ्नो गाडी नियन्त्रणमा लिएर कुटपिट समेत गरेको बताए । ‘गाडी मेरो पसलमै थियो, उहाँहरुले नै चिनी ल्याएर आएका थिए, गाडीमा राखेर अवैध भन्दै लगिदियो, ‘उनले भने, ‘महिनावारी नदिदा कुटपिट तथा सवारी साधन लिलामका लागि भन्सारमै पु¥याईदियो ।’ लाईन नदिएपछि आफुमाथि अन्याय गरेको ठगुन्नाको दुखेसो छ ।
आफुले महेन्द्रनगरको पुजा टे«र्डस र सुडाको डिआरबाट नेपाली समान नै लगेको तर, सशस्त्र प्रहरीले भारतीय समान भन्दै नियन्त्रणमा लिएको दुखेसो पोखे । आफुमाथि कुटपिट गरेपछि धनगढी स्थित निसर्ग अस्पतालमा समेत उपचार गरेको बताए । ‘मैले व्यवसाय गर्नका लागि कमल बोहरासंग से१ज ४१७ नम्बरको जिप भाडामा लिएको थिए, ‘उनले भने, ‘घुस नदिदा आफुले व्यवसायबाटै हात धुनुप¥यो ।’ ईन्सपेक्टर साउदले माथिल्ला हाकिमलाई दिनुपर्छ भन्दै पैशा र मदिरा माग्दै आएको दुखेसो पोखे । आफु सशस्त्र प्रहरीबाट अन्यायमा परेकाले न्यायका लागि भन्सारले ध्यान दिनुपर्ने बताए । भन्सारमा पुग्दा भन्सारका कर्मचारीले सशस्त्र प्रहरीले चाहेको खण्डमा नियन्त्रणमा लिएको गाडी मिनेटमै फिर्ता हुने जवाफ दिदै आएको बताए । सशस्त्र प्रहरीले ठगुन्नाले आफु गैर कानुनी समान चोरी तस्करी ओसारपोसार गर्दै आएको जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नंं७बैद्यनाथ बाहिनीका सुचना अधिकारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश पाण्डेले ठगुन्नाले नेपाली समान भनेर भारतबाट चोरी तस्करी गरेर समान ओसार्ने गरेकोे बताए । उनले अवैध समान भएपछि मात्रै सशस्त्र प्रहरीले समान बरामद गरेको बताए ।

सशस्त्र प्रहरीले गैर कानुन समान तस्करी गर्ने क्रममा नियन्त्रणमा लिएर भन्सार बुझाएकै झोकमा सशस्त्र प्रहरी निरीक्षक हर्क साउदमाथि महिनावारी मागेको आरोप मात्रै लगाएको जनाएको छ । ठगुन्नाले सशस्त्र प्रहरीलाई गैर कानुन समान चेकजाँचका क्रममा समेत गालीगलैच गरेको र कुनै सशस्त्र प्रहरीले व्यवसायीबाट अनुचित लाभ लिएको पुष्टी भए कार्बाही गर्ने जनाएको छ ।

यस बारेमा व्यवसायी अम्मर सिह ठगुन्नाले सशस्त्र प्रहरी निरीक्षक हर्क साउदसंग प्रतिकृया लिन खोज्दा उनले प्रयोग गर्दै आएको ९८५१२५८८७०नम्बरको फोन स्वीचअफ थियो । व्यवसायीहरुले भने महिनावारी पनि लिने अनि समान समात्ने प्रवृति अनुचित भएको भन्दै अनुचित कार्य कुनै व्यवसायीले गरेको भए पुर्ण नियन्त्रण गर्न अग्रसर हुनुपर्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?