कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनःस्थापना लगायतका ४० बुदे मागपत्र हिजो (बुधबार) कञ्चनपुर जिल्ला अधिकारीलाई बुझाएको छ ।
राप्रपाले हिजो देशभरका सबै जिल्लामा प्रदर्शन सहित प्रमुख जिल्ला अधिकारीलाई सोही मागपत्र प्रस्तुत गर्ने कार्यक्रम अनुसार कञ्चनपुर जिल्लामा पनि मागपत्र बुझाएका थिए।
राप्रपा कञ्चनपुरका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द लगायतका शीर्ष नेताहरू प्रसाशन पुगेर जिल्ला अधिकारी गोपाल प्रसाद आंधकारीलाई मागपत्र बुझाएको पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीने जानकारी दिएका छन। कञ्चनपुर जिल्ला पार्टि कार्यालय परिक्रमा गर्दै याली निस्केर जिल्ला प्रशासन कार्यालय पुगेर ४० बुँदे मागपत्र बुझाएका हुन ।
राप्रपाको मागपत्रमा राजसंस्था पुनःस्थापना, प्रदेश खारेजी, हिन्दूराज्य पुनःस्थापन लगायतका राजनीति माग तथा जनजिविकाका विषयहरू समेटिएका छन् । यस्तै बलियो केन्द्र र अधिकार प्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत माग राखी प्रदर्शन गरिएको छ ।














