हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवास बनाउन प्रस्ताव

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ललितपुरस्थित पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवास बनाउन प्रस्ताव गरेको छ ।

राखेपको बैठकले पुल्चोकको मन्त्री निवास ललितपुरको भैसेपाटीमा निर्मित नयाँ भवनमा स्थानान्तरणपश्चात मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्नेगरी प्रस्ताव गर्ने निर्णय गरेको हो ।

खेलाडीको प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित खेलाडी आवासका रुपमा रुपान्तरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय भएको राखेप कार्यकारी समितिका संयोजक तथा सदस्य सचिव टंकलाल घिसिडले बताए ।

उनले विगतमा नेपालमा भएका अन्तर्राष्ट्रिय तथा नेपालले सहभागिता जनाउने विभिन्न प्रतियोगिताहरूमा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणका दौरान होटेल तथा बसोबास खर्चवापत राज्यले ठूलो धनराशी खर्च गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न यो ऐतिहासिक निर्णय गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?