आज सर्वोच्चका ६ न्यायाधीशको शपथग्रहण

काठमाण्डु । सर्वोच्च अदालतमा ६ जना न्यायाधीशको आज शपथग्रहण हुँदैछ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका सर्वोच्चका ६ जना न्यायाधीशले आज शपथ ग्रहण गर्नेछन् ।

उनीहरुलाई दिउँसो २ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेका थिए । योसँगै सर्वोच्चमा २० जना न्यायाधीश हुनेछन् । २१ न्यायाधीश हुने सर्वोच्चमा अझै एक पद खाली हुनेछ ।

न्यायपरिषद्ले मंसिर ६ गते उनीहरुको नाम सिफारिस गरेको थियो । राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ गराएपछि नियुक्त भएका न्यायाधीशले जिम्मेवारी सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?