काठमाडौं । नेपालकी सुनमाया बुढाले हङकङमा आयोजित साहसिक खेल अल्ट्राट्रेल रेसमा प्रथम स्थान हात पारेकी छिन् । उनले हङकङमा ‘द नर्थ फेस १०० कअल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पारेकी हुन् ।
हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तू बाट गत शुक्रबार राति भएको १०० किलोमिटरको प्रतिस्पर्धामा बुढाले १४ घण्टा ४० मिनेटमा निर्धारित दूरी पार गरी प्रथम भएकी हुन् । हङकङमा भएको ट्रेल रेस प्रतिस्पर्धामा बुढाको लगातार पाँचौँ जितसहित नयाँ कीर्तिमान राखेकी हुन् ।