३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

विप्लव-प्रकाण्ड विरुद्धको पक्राउ पुर्जी दलालहरुको षड्यन्त्र हो

कञ्चनपुर, मंसिर २१ : नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरले नेकपा महसचिव विप्लव र प्रकाण्ड लगायतका नेताहरु माथि जारी भएको पक्राउ पुर्जी खारेज नभए भिषण प्रतिरोध गर्ने चेतावनी दिएको छ । नेकपा द्धारा बिहीबार जिल्लाको महेन्द्रनगरमा आयोजित एक विरोध प्रदर्शन कार्यक्रममा नेकपा नेताहरुले सो चेतावनी दिएका हुन् ।

नेकपा केन्द्रीय सदस्य रहेका विराट सी ले राष्ट्रको अग्रगामी निकासको नेतृत्व गर्दै आएको पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी लगायत नेताहरु माथि गैर न्यायिक तरिकाले अदालतले पक्राउ पुर्जी जारी गर्नु गलत रहेको बताए । उनले राज्य संग ३ बुँदे सहमति भएर टुंगिएको विषयलाई अहिले आएर आपराधिक मुद्दाको रूपमा अगाडि ल्याउने कार्य नेकपालाई सह्या नहुने र पुर्जी तत्काल खारेज हुनु पर्ने जिकिर गरे ।

त्यसैगरी नेकपा कञ्चनपुर जिल्ला सचिव प्रकाश सी ले अस्वाभाविक तरिकाले राज्यले हाम्रा नेताहरु माथि पक्राउ पुर्जी जारी गर्नु देशलाई अशान्ति तिर लैजानु र दलालहरुको षड्यन्त्र भएको बताए । साथै अदालतले यो निर्णय नसच्याए सशक्त प्रतिरोध हुने उनको भनाई छ ।

केही दिन अगाडि काठमाण्डौं जिल्ला अदालतले विप्लव सी लगायतका नेताहरुको नाममा पक्राउ पुर्जीको सूचना गोरखापत्रमा प्रकाशित गरेको थियो । त्यस पश्चात नेकपा आन्दोलित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?