२८ भदौ २०८१, शुक्रबार
२८ भदौ २०८१, शुक्रबार

वर्तमान सत्ताको विकल्प छैन : महासचिव देव गुरुङ

कञ्चनपुर, २१ मंसिर : नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ्गले वर्तमान यो व्यवस्थाको विकल्प नभएको बताए । पछिल्लो समयमा केही प्रतिक्रियावादीले लोकतन्त्रको विरुद्ध अराजक गतिविधि गरे पनि अहिले नै त्यो सम्भव नरहेको बताएका हुन् ।

बिहीबार प्रेस सेन्टर नेपाल कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङ्गले पछिल्लो समयको दुर्गा प्रसाई लगायतको आन्दोलनलाई अंगित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि राजनीतिक दल र नेताहरुले गल्ती नगरेको भन्ने होइन तर अहिलेको राजनीतिक दिशा प्रतिगमन तिर नजाने बताए ।

‘वर्तमान सरकार सबै षड्यन्त्र चिरेर अघि बढ्छ, ‘महासचिव गुरुङ्गले भने, ‘अहिले सरकार बिरुद्धमा भईरहेका गतिबिधी व्यवस्था बिरोधी छन, तर पश्यगमनको कुनै सम्भावना छैन ।’
घोर पश्चगमन नारा दिएर केही बिखण्डनकारी समुह सकृय भईरहेको भन्दै महासचिव गुरुङ्गले धार्मिक विषय अघि सारेर मुद्दा उठान गर्दै आएको बताए । ‘मुलुक अग्रगमन दिशातर्फ उन्मुख भईरहेको छ, ‘महासचिव गुरुङ्गले भने, ‘केही बिखण्डनकारी तत्वहरु राष्ट्रियता बिरुद्धमा लागेका छन ।’

महासचिव गुरुङ्गले गठबन्धनमा कुनै चुनौती नभएको बताउँदै मुलुकको सम्बृद्धिका लागि कम्युनिष्ट दल मात्रै नभई गैर कम्युनिष्ट पाटीसंगको सहकार्य आवश्यक रहेको बताए । समाजवादी मोर्चामा आधारभूत विषयमा एकमत भएको बताउँदै उनले पाटी एकतामा सबै कम्युनिष्ट दलविच एकता आवश्यक रहेको औल्याए ।

महासचिव गुरुङ्गले एनसेल प्रकरणमा सरकारले छानबिन गरिरहेको बताउँदै नेकपा महासचिव नेत्र विक्रम चन्द(विप्लव) सहितका नेता कार्यकर्ता पक्राउ प्रकरणको विषय राजनीतिक सहमतीय आधारमा टुङग्याउनुपर्ने बताए । महासचिव गुरुङ्गले माओवादीको विकल्प नभएको बताउँदै पाटी जनतासम्म पुगिररहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?