कञ्चनपुर, १३ मंसिर : किसान क्रान्तिकारी नेता सहिद भीमदत्त पन्तको सालिक तोडफोड बिरुद्धमा नेकपा निकट युवा संगठन कञ्चनपुरले बिरोध प्रर्दशन गरेको छ । बुधबार दिउँसो कञ्चनपुर युवा संगठनले सहिद भीमदत्त पन्तको सालिक तोडफोड बिरुद्धमा बिरोध प्रर्दशन तथा खबरदारी कार्यक्रम गरेको हो ।
सालिक तोडफोड गरिएको स्थानदेखि मदनचोकसम्म बिरोध प्रर्दशन गर्दै जनताको छोरो किसान नेता सहिद भीमदत्त पन्तको सालिक तोड्ने कार्य अति नै अराजनीतिक गतिबिधी भएको नेकपाको ठहर छ ।
राजावादीले भिमदत्तको नाम मेटेको ठाउँमा युवा संगठनले सांकेतिक नाम लेखेको छ ।
गत शुक्रबार राप्रपाका नेता कार्यकर्ताहरुले महेन्द्रनगरको भीम बाटिकाभित्र रहेको भिमदत्तको सालिक तोडफोड गरेका थिए । सहिद भीमदत्त पन्तकै नामबाट राखिएको साईनबोर्ड समेत मेटेका थिए । सोही पार्कको गेटमा रहेको साइनबोर्डमा युवा संगठनले सहिद भीमदत्त पन्तको नाम लेखेका छन । नेकपा निकट युवा संगठनका केन्दीय उपाध्यक्ष दिनेश सीले किसान नेताका छोरा सहिद भीमदत्त पन्तको सालिक तोडफोड गर्नु निन्दनिय रहेको बताए । उनले कथित राजावादी समुहले सहिद किसान नेताको भीमदत्त पन्तको सालिक तोडफोड गर्ने अराजक कार्यमा संलग्न गिरोहमाथि कार्बाहीकाे माग राखे ।
विरोध कोण सभा सम्बोधन गर्दै नेकपा कञ्चनपुरका इन्चार्ज विराट सी ले जनताको मुक्तिका लागि संघर्ष गरेका किसान नेताको सालिक माथि तोडफोड गर्नु सहिद भीमदत्त पन्तको अपमान रहेको बताएका छन् । जिल्ला इन्चार्ज बिराटले सहिदको अपमान गर्ने गरी सालिक तोडफोड गर्दा समेत भीमदत्त पन्तकै नामबाट गुजारा चलाईरहेका सरकार दल समुह व्यक्ति मौन रहेको बताए । विप्लव कञ्चनपुरले आगामी दिनमा किसान क्रान्तिकारी नेता सहिद भीमदत्त पन्तको सालिकदेखि नाममा कुचेष्टा गर्न खोजे ईटको जवाफ पत्थरबाट दिने चेतावनी दिएका छ ।