जनपत्रकारको भर्चुअल बैठकद्धारा भूकम्प पीडितलाई राहत जुटाउने निर्णय

काठमाडौं । जनपत्रकार संगठन नेपालको भर्चुअल बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि तत्काल राहत जुटाउने निर्णय गरेको छ ।

आईतवार साँझ जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले जनपत्रकार संगठन नेपालका ४७ जना केन्द्रीय सदस्यबाट प्रति ब्यक्ति निम्नतम रु १ हजार नघट्ने सहयोग जम्मा गर्ने निर्णय गरेको छ ।

बैठकले जाजरकोट रुकुम पश्चिममा भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जाली व्यक्त गरेको छ । जनपत्रकार संगठन नेपालले घटनाका घाईतेहरुको तत्काल उपचारको व्यवस्था गर्न सरकारसंग जोडदार माग गरेको छ ।

संगठनले भूकम्प पीडितहरुका लागि राहत र पूर्नस्थापना कार्यमा जुट्न र समाचार संकलनमा कुनै पनि कमी नबनाउन समेत जनपत्रकार संगठनका मातहतका सबै सदस्यहरुलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?