१२ हजार अफगान शरणार्थी पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किए

स्पिन बोल्क। करिब १२ हजार अफगान शरणार्थीहरू पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किएका छन् । दक्षिण अफगानिस्तानको कान्दाहार प्रान्तमा शरणार्थी तथा स्वदेश फिर्ता निर्देशनालयका उपप्रमुख मोमिन आगाले बताएअनुसार कान्दाहारलाई पाकिस्तानको बलुचिस्तानसँग जोड्ने स्पिन बोल्डक नाका हुँदै हरेक हप्ता औसत ८२० परिवारका चार हजारभन्दा बढी व्यक्ति पाकिस्तानबाट स्वदेश फर्कने गरेका छन् ।

त्यसैगरी २५ लाखभन्दा बढी अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् । यस्तै सङ्ख्यामा अफगानी शरणार्थी इरानमा आश्रय लिरहेका छन् । विगत चार दशकदेखि मातृभूमि अफगानिस्तानबाट विदेशी आक्रमण र द्वन्द्वबाट भाग्नेको सङ्ख्या ठूलो छ ।

पछिल्लो एक वर्षमा छिमेकी मुलुक पाकिस्तान र इरानबाट दुई लाखभन्दा बढी अफगान शरणार्थी आफ्नो मातृभूमि फर्किएका छन् ।सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?