३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

थारु बस्तीमा सखिया नाचको रौनक

दोधाराचाँदनी, ५ कार्तिक । यतिबेला थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दशैंको आगमनसँगै थारु समुदायको घरघरमा अबेर रातिसम्म मादल घन्किने गर्दछ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सीता चौधरी दिनभर काममा व्यस्त भए पनि राति अबेरसम्म सखिया नाचमा झुम्ने गर्छिन् ।

सीतालगायत गाउँका सबैजना साँझ आठ बजे बडघरको आँगनमा जम्मा हुने गर्दछन् । त्यहाँ प्रत्येक साँझ सखिया नाच्छन् । “साँझ खाना खाएर सबै जना बडघरको आगनमा जम्मा भएर सखिया नाच्छौँ ।” उनले भनिन्, “सखिया नाच्ने अधबैंसे र तन्नेरी युवायुवती सबै हुन्छौँ ।” उनले दशैंसुरुआत भएसँगै थारु समुदायमा सखिया नाचको रौनक छाउने गरेको बताइन् ।

“यो नाचमा गाउँका सबैले अनिवार्य उपस्थिति हुनुपर्छ नआउनेले जरिवाना तिर्नुपर्छ,” सीताले भनिन्, “सखिया नाच सुरु नभएसम्म गाउँमा दशैं आएको आभास नै हुँदैन ।” उनले पहिलेको पुस्ताले दशैं आउनुभन्दा एक महिना अगाडि देखि नै सखिया नाच्ने गरे पनि पछिल्लो सयम यो नाच छोट्टिँदै गएको बताइन् । “अहिले दशैंसम्म मात्रै नाचिन्छ पहिलेको पुस्ताले एक महिनाअघिबाटै सखिया नाच्न सुरु गर्थे,” उनले भनिन्, “हाम्रो सांस्कृतिक परम्परा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न जरुरी छ ।”

थारु समुदायमा दशैंमा सखिया नाचको विषेश महत्त्व हुने देवी चौधरी बताउछिन् । “सखिया नाच नभएपछि गाउँमा दशैं आएको हो कि होइन थाहा हुँदैन ।” उनले भनिन्, “थारू भाषामा सखीको अर्थ साथीसङ्गी हुन्छ, गाउँका सबै साथीसङ्गी मिली नाचिने भएकाले यसको नाम सखिया हुन गएको हो ।”

सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाइने स्थानीय लक्ष्मीराम चौधरीले बताए । उनका अनुसार सखिया नाच्ने युवतीले सेतो रङको फरिया र रातो रङको चोलिया लगाउने गर्छन् भने केटाले सेतो रङको धोती र रुचि अनुसारको रङको कमिज लगाउने गर्छन् । “गीत नसकिएसम्म नाच सकिँदैन यो धेरै लामो हुन्छ गीत सकिएपछि मात्र नाच सकिन्छ ।” उनले भने, “गीत गाउने चलन छुट्टै छ, सुरुआतमा गाउनुपर्ने गीत दोस्रो दिन वा अन्त्यमा गाउन मिल्दैन ।”

प्रायः पुरुषले मादल बजाउने र युवतीले नाँच्ने प्रचलन यो समुदायमा रहिआएको छ । आउने पिँढीलाई आफ्नो संस्कृतिप्रति लगाव बढाउन पनि सखिया नाचमा युवापुस्ता सहभागी गराउने गरेको उनले बताए ।

“आफ्नो संस्कृतिको जगेर्नासँगै आपसी भाइचारा बढाउन पनि सखिया नाच नाच्ने गरिन्छ,” उनले भने, “हाम्रो समुदायमा दशैं धुमधामका साथ मनाउने गरिन्छ, अन्य समुदायले दशमीका दिन जमरा लगाए पनि थारु समुदायले नवमीबाटै जमरा लगाउने चलन छ ।”

थारु समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन सुरु भए पनि दशैंमा यसको रौनक छुट्टै हुने थारु अगुवा बताउँछन् । सखिया नाचमा गीतको भाका लामो भएकाले कुनैकुनै गाउँमा तिहारसम्म पनि सखिया नाच नाच्ने प्रचलन रहेको छ । दशैंका बेला घरघरमा गएर सखिया नाच्ने प्रचलनले आपसी सम्बन्ध बलियो बनाउने र समुदायमा भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास यो समुदायमा रहेको छ ।

सीतालगायत गाउँका सबैजना साँझ आठ बजे बडघरको आँगनमा जम्मा हुने गर्दछन् । त्यहाँ प्रत्येक साँझ सखिया नाच्छन् । “साँझ खाना खाएर सबै जना बडघरको आगनमा जम्मा भएर सखिया नाच्छौँ ।” उनले भनिन्, “सखिया नाच्ने अधबैंसे र तन्नेरी युवायुवती सबै हुन्छौँ ।” उनले दशैंसुरुआत भएसँगै थारु समुदायमा सखिया नाचको रौनक छाउने गरेको बताए ।

“यो नाचमा गाउँका सबैले अनिवार्य उपस्थिति हुनुपर्छ नआउनेले जरिवाना तिर्नुपर्छ,” सीताले भनिन्, “सखिया नाच सुरु नभएसम्म गाउँमा दशैं आएको आभास नै हुँदैन ।” उनले पहिलेको पुस्ताले दशैं आउनुभन्दा एक महिना अगाडि देखि नै सखिया नाच्ने गरे पनि पछिल्लो सयम यो नाच छोट्टिँदै गएको बताए । “अहिले दशैंसम्म मात्रै नाचिन्छ पहिलेको पुस्ताले एक महिनाअघिबाटै सखिया नाच्न सुरु गर्थे,” उनले भनिन्, “हाम्रो सांस्कृतिक परम्परा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न जरुरी छ ।”

थारु समुदायमा दशैंमा सखिया नाचको विषेश महत्त्व हुने देवी चौधरी बताउछिन् । “सखिया नाच नभएपछि गाउँमा दशैं आएको हो कि होइन थाहा हुँदैन ।” उनले भनिन्, “थारू भाषामा सखीको अर्थ साथीसङ्गी हुन्छ, गाउँका सबै साथीसङ्गी मिली नाचिने भएकाले यसको नाम सखिया हुन गएको हो ।”

सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाइने स्थानीय लक्ष्मीराम चौधरीले बताए । उनका अनुसार सखिया नाच्ने युवतीले सेतो रङको फरिया र रातो रङको चोलिया लगाउने गर्छन् भने केटाले सेतो रङको धोती र रुचि अनुसारको रङको कमिज लगाउने गर्छन् । “गीत नसकिएसम्म नाच सकिँदैन यो धेरै लामो हुन्छ गीत सकिएपछि मात्र नाच सकिन्छ ।” उनले भने, “गीत गाउने चलन छुट्टै छ, सुरुआतमा गाउनुपर्ने गीत दोस्रो दिन वा अन्त्यमा गाउन मिल्दैन ।”

प्रायः पुरुषले मादल बजाउने र युवतीले नाँच्ने प्रचलन यो समुदायमा रहिआएको छ । आउने पिँढीलाई आफ्नो संस्कृतिप्रति लगाव बढाउन पनि सखिया नाचमा युवापुस्ता सहभागी गराउने गरेको उनले बताए ।

“आफ्नो संस्कृतिको जगेर्नासँगै आपसी भाइचारा बढाउन पनि सखिया नाच नाच्ने गरिन्छ,” उनले भने, “हाम्रो समुदायमा दशैं धुमधामका साथ मनाउने गरिन्छ, अन्य समुदायले दशमीका दिन जमरा लगाए पनि थारु समुदायले नवमीबाटै जमरा लगाउने चलन छ ।”

थारु समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन सुरु भए पनि दशैंमा यसको रौनक छुट्टै हुने थारु अगुवा बताउँछन् । सखिया नाचमा गीतको भाका लामो भएकाले कुनैकुनै गाउँमा तिहारसम्म पनि सखिया नाच नाच्ने प्रचलन रहेको छ । दशैंका बेला घरघरमा गएर सखिया नाच्ने प्रचलनले आपसी सम्बन्ध बलियो बनाउने र समुदायमा भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास यो समुदायमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?