२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

इजरायलमा मृत्यु भएका नेपालीको शव काठमाडौं ल्याइयो

काठमाडौं । इजरायलमा प्यालेस्टिनी विद्रोही हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जनामध्ये ४ नेपाली विद्यार्थीको शव नेपाल ल्याएको छ । पहिलो चरणमा चार जनाको शव आइतबार काठमाडौं ल्याइएको हो ।

शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ । परराष्ट्रमन्त्री एनपी साउद पनि नेपाली सेनाको ब्यारेकमा पुगेका छन् । पहिलो चरणमा दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको शव नेपाल पठाइएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । केही शव आजै दिउँसो आइपुग्ने बताइएको छ । अन्य ६ जना नेपालीको शव पठाउने प्रक्रिया पूरा गर्न केही दिन लाग्ने दूतावासले जनाएको छ ।

कृषि विषय अध्ययन गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । युद्ध तत्काल रोकिने स्थिति नदेखिएपछि सरकारले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ ।
नेपाल फर्किन चाहनेहरुका लागि इजरायलको तेलअविवस्थित नेपाली दूतावासले अनलाइन रजिष्ट्रेसन गर्दै आएको छ ।
– तस्बिर : सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?