३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

कञ्चनपुरमा नेकपाले फलफुल वितरण गर्दै मनायो “सी स्मृति दिवस”

कञ्चनपुर, असोज २५ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरले अस्पतालमा फलफुल वितरण गरेर सी स्मृति दिवस मनाएको छ । दिवंगत आफन्तहरुको सम्झनामा नेकपाले जिल्लाको महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गरेर सी स्मृति दिवस मनाएको हो ।

साथै नेकपाले एक कार्यक्रमको आयोजना गरी जनता र पार्टी नेताकार्यकर्ता बीच पुर्खाहरुको सम्झनामा स्मरण सहितको शुभकामना आदानप्रदान गरेका हुन । कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य विराट सी ले सि संस्कृतिको विचारलाई सबै जनता सामु लैजानु पर्ने बताए । उनले विगतको विभेदित कुसंस्कारलाई त्याग्दै प्रगतिशील विचार सहितको सी संस्कृति सबैले अबलम्बन गर्न आग्रह गरे । अहिलेको आधुनिक समाजमा अन्धविश्वासमा विश्वास नगरी विज्ञान सम्वत चल्नुपर्ने उनको भनाइ छ ।

फलफुल वितरण तथा स्मृति दिवस कार्यक्रममा नेकपा केन्द्रीय सदस्य विराट सी, नेकपा कञ्चनपुर जिल्ला सचिवहरु दिवार सी, प्रकाश सी , मजदुर संगठन केन्द्रीय सदस्य कमल सी,युवा संगठन जिल्ला अध्यक्ष भरत सी, अखिल क्रान्तिकारी जिल्ला संयोजक अनील सी लगायत पार्टीका कार्यकर्ता सहभागी थिए ।

नेकपाको ९ औं महाधिवेशनबाट असोज २५ गते सी संस्कृतिको रुपमा सी स्मृति दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नेकपाले देशभर पहिलो सी स्मृति दिवस मनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?