फिफा विश्वकप छनोटमा आज नेपाल लाओससँग भिड्दै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल लाओससँग भिड्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा लाओससँग प्रतिस्पर्धा गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप एसिया क्षेत्र छनोट यात्रा सुरु गर्ने भएको हो।

एसिया क्षेत्र छनोटअन्तर्गत पहिलो लेगमा नेपालले घरेलु मैदानमा खेल्न लागेको हो। यसपछि अर्को खेलका लागि भने नेपाली टोली लाओस प्रस्थान गर्नेछ।दोस्रो लिग असोज ३० गते लाओसको घरेलु मैदानमा हुनेछ।

फिफा वरीयतामा नेपाल १७५ औँ स्थानमा छ भने प्रतिस्पर्धी लाओस १८६औँ स्थानमा छ। नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले दुई महिनादेखि प्रशिक्षण गरिरहेकाले नेपालको तयारी राम्रो रहेको बताएका छन् ।

नेपालले गत चैतमा घरेलु मैदानमा भुटान र लाओससम्मिलित त्रिकोणात्मक सिरज खेलेको थियो। जसमा नेपालले लाओसलाई समूह चरणमा २–० ले हराएको थियो भने फाइनलमा २–१ को जित हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?