शान्त हुँदै नेपालगञ्ज, कर्फ्युबारे आज निर्णय लिइने

काठमाडौं । बाँकेको नेपालगञ्जमा कर्फ्यु हटेको छ । हिन्दु र मुस्लिम समुदायबीच भएको विवादले मंगलबार दिनभर अशान्त रहेको नेपालगञ्ज अहिले शान्त बन्दै गएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गत आइतबार सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर नेपालगञ्जमा तनाव भएको हो । तनाव बढेपछि मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले रातीको घटना क्रमको अहिले समीक्षा भइरहेको र आज थप कर्फ्युबारे निर्णय गरिने बताए । उनले भने,आज बिहानसम्म निश्चित रूपमा कर्फ्यु जारी रहन्छ । त्यसपछि अवस्था हेरेर निर्णय गर्छौँ ।’

मंगलबार दुई पक्षबीच झडप हुँदा ३ सुरक्षाकर्मी र १० सर्वसाधारण घाइते भएका छन् । उनीहरूको नेपालगञ्जका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?