डडेल्धुरा : विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले एमसीसी को बारेमा देशैभरि अन्तर्क्रिया कार्यक्रम गरिरहेको छ । एक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्न डडेल्धुरा पुगेकी नेकपा स्थायी समिति सदस्य शिलु सी ले अमेरिकी सहयोग एमसीसी परियोजना राष्ट्रघाती भएको बताउँदै यसको खारेजीको लागि देशैभरि बाट सबैले एकजुट हुनु पर्ने बताएकी छन ।
मंगलबार नेकपा डडेल्धुरा द्वारा आयोजित “mcc परियोजना र राष्ट्रिय स्वाधिनताको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थायी समिति सदस्य उमाले नेपालको कानुन भन्दा माथि हुने , परियोजनाको लेखा परीक्षण नेपालले गर्न नपाउने , एमसीसीका कुनै कर्मचारीले आपराधिक क्रियाकलाप गरेमा तिनलाई नेपालमा कुनै किसिमको कारबाही गर्न नपाउने लगायतका अन्य विवादस्पद र राष्ट्रको हित विरोधी प्रावधानले नै राष्ट्रघाती रहेको आफ्नो पार्टीको निष्कर्ष रहेको बताइन् । उनले भनिन् ,“ बाहिर देखिँदा एमसीसी जति सुन्दर देखिए पनि भित्री रूप यसको अर्कै छ।” अमेरिकाको सुरक्षा रणनीति ऐनले नै एमसीसी हिन्द प्रशान्त रणनीति (आइपिएस) को अंग भएको स्वीकार गरेको स्थितिमा नेपालका केही व्यक्तिले यो सैन्य रणनीति संग जोडिएको छैन भन्नु भ्रामक रहेको उनको भनाइ थियो ।
एमसीसीले आफू सुखी तरिकाले एउटा राज्यको मान्यता भन्दा संस्थाको मान्यता माथि हुने ढंगले सम्झौतामा प्राबधान राखेको छ त्यो नै राष्ट्रियताको विरुद्धमा रहेको उनले जिकिर गरिन् । यो एमसिसि खारेजीको लागि सबैले एक ठाउँमा उभिनु पर्ने उनले बताइन् ।
त्यसैगरी अन्तरक्रियामा सहभागी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा डडेल्धुरा इन्चार्ज हरि ज्ञवाली (अखण्ड) एमसीसी का जुन प्राबधानहरु छन। त्यो अमेरिकी सैन्य रणनीति इन्डो प्यासिफिक स्टार्टेजी अन्तरगत हो भने गलत हुने र बि-शुद्ध साहेता हो भने मात्र लागू हुने तर यो mcc सम्झौता केहो बुझ्न नसकिएको बताए सबै सचेत नागरिकले खबरदारी गर्न आवश्यक रहेको बताए ।
कार्यक्रमका अर्का वक्ता मोटो मसालका नेता तथा पार्टी सुदुरपश्चिम प्रदेश इन्चार्ज लाल बहादुर जाग्री ले यो राष्ट्रघाती mcc सम्झौता खारेज गर्न पर्छ। यसका लागि सम्पुर्ण देशभक्त प्रगतिशील जनसमुदाय र पार्टी एक ठाउँमा उभिनु पर्ने बेला आएको र नेकपा ले गरेको यो अभियानमा हाम्रो साथ रहेको बताए यस्तै बझाङ दिप क्याम्पसका स्ववियु सभापति कमल सी ले यो राष्ट्रघाती एम सी सी सम्झौता कुनैपनी हालतमा लागू हुन दिन हुदैन र यो सम्झौता कार्यान्वयनका विरुद्ध युवा विद्यार्थी ससक्त भएर उभिन पर्ने र सम्झौता खारेज हुनपर्ने बताए ।
नेकपा डडेल्धुरा इन्चार्ज बिजय सी को अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेकपा डडेल्धुरा सेक्रेटरी रोशन सी ले गरेका थिए भने उक्त कार्यक्रममा राजनीतिक पार्टी का नेताकार्यकर्ता,विद्यार्थी,पत्रकार लगायत नागरिक समाजको उल्लेख्य सहभागीता रहेको थियो ।