१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

नेकपा निकट युवा संगठनकाे भक्तपुर जिप्रकालाई ४ बुँदे मागपत्र : यस्ता छन् मागहरु ?

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन भक्तपुर समितिले भक्तपुर जिल्ला प्रशासन कार्यालयमा ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । सोमवार सामजिक बेथितीहरुका लागि नियन्त्रण गर्न माग गर्दै संगठनले प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

पछिल्लो समयमा मौलाउदै गएको महंगी,कालोबजारी, खाद्य बस्तुको बिक्रीबितरण र कृतिम अभावले चरम सिमा नान्दै गएको हुँदा,खाद्यान्न बस्तुहरु लुकाई कृतिम अभाव सृजना गर्नु, राज्यद्वारा निर्धारित गरिएको मुनाफा भन्दा कैयौं गुणा मुनाफा लिन तथा म्याद सकिएका अखाद्य वस्तुहरुको बिक्रीबितरण गर्ने कार्य भैरहेको हुँदा यस्ता कार्यमा सम्बन्धित निकायहरुले ससक्त पहल गर्नु पर्ने माग उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा उल्लेख गरिएका ४ बुँदाहरू निम्न छन् :

१- कृतिम अभाव सृजना गर्नेहरुलाई अध्ययन, अनुगमन र कार्बाही गरी सहज वातावरण बनाउन माग गर्दछौं ।

२ – चरम रुपमा मौलाउदै गएको कृतिम महंगी नियन्त्रण गरि कार्बाही मनं माग गर्दछौं । २

३- अखाद्य वस्तु (म्याद सकिएका गुणस्तरहीन) हरुको बिक्री वितरण भैरहेको हुँदा उक्त कार्यलाई नियन्त्रण गरि हदै सम्मको कार्बाही गर्न माग गर्दछौं ।

४ वस्तुको खरिद मुल्यको २० प्रतिशत मुनाफा लिन पाउने राज्यको नियम बिपरित सत प्रतिशत वा सो भन्दा बढि मुनाफा लिने कार्य व्यापक रूपमा बढेकोले उक्त कार्यहरुलाई नियन्त्रण गरि कर्बाही गर्न माग गर्दछौ ।
ज्ञापन पत्रकाे पुर्ण पाठ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?