१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

एमसिसि नेपालको विरुद्ध छ भन्ने कुरामा अस्पष्ट हुन जरुरी छैन : शिलु

धनगढी : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य उमा सी (शिलु) ले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताको विरुद्ध रहेको बताएकी छन् । शनिबार धनगढीमा आयोजित एक अन्तर्क्रिया तथा विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसिसिले जसरी नेपालको विकास अनुदानको नाम देखाएर सम्झौता लागू गर्न खोज्दै छ त्यो नेपालको विरुद्ध छ र यसमा कसैले अस्पस्ट हुनु जरुरी नरहेको बताएकी हुन् ।

एमसीसि परियोजना र राष्ट्रियताको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा नेतृ शिलुले एमसिसि सम्झौताका प्रावधानले देशको कानुन , संविधान र जनताले स्वतन्त्र निर्णय लिने सार्वभौम अधिकारलाई कुण्ठित गर्ने कार्य गरेको बताइन् । उनले भनिन् ,“ देशको कानुन भन्दा एमसीसीको कानून माथि हुने , आपराधिक क्रियाकलाप संलग्नलाई कारबाही गर्न नमिल्ने लगायत अन्य प्रावधान गलत रहेको छन् ।” अमेरिकी सुरक्षा रणनीतिले नै एमसीसी हिन्द प्रशान्त रणनीति (IPS) को अंग हुने कुरा स्वीकार गरी सकेको अवस्थामा एमसीसी आइपिएसको अंग होइन भनेर अतिरञ्जित गर्नु नहुने उनले भनिन । अमेरिकाले सैन्य रणनीतिमा सहित नेपालमा सेना ल्याउन खोजेको नेकपा नेतृ शीलुले बताइन । केही गगन थापा जस्ता पात्रहरूले अमेरिकी सेना नेपालमा आउँदैनन् भन्ने जस्ता तर्क गरेर जनतालाई भ्रमित पारेर आफ्नो सत्ता स्वार्थ लिइरहेको उनको भनाई छ । एमसिसि विरुद्धको लड़ाई केवल नेकपाको विषय नभई याेलाई राष्ट्रिय बहसको रूपमा लैजानु पर्ने शिलु सीले भनिन् । स्थायी समिति सदस्य शिलुले राष्ट्रिय स्वाधिनताको रक्षाको लागि सबै देशभक्त नेपालीले संगठित भएर संघर्ष गर्न आग्रह पनि गरिन् ।

कार्यक्रमका वक्ता अर्थशास्त्री शिक्षाविद् तथा नास्ट क्याम्पसका प्रबन्ध निर्देशक शिवहरी मुड्भरी mcc को सामान्य बजेटको पछाडि र्याल चुहाउन हुदैन यो राष्ट्र हितको पक्षमा नरहेको स्पष्ट पारे ।

नेकपा कैलालीको आयोजनामा आयोजित अन्तरक्रियामा नेकपा पिबियम विकल्प सीले पनि मन्तव्य राखेका थिएँ भने । कार्यक्रममा वक्ताका रुपमा सहभागी बुद्दिजिबी , राजनीतिक दलका प्रतिनिधि, प्राध्यापकहरुले एमसिसिले गर्दा राष्ट्रियता खतरामा रहेको बताएका थिए । नेपाली कांग्रेसका प्रतिनिधिले भने विकासि सहयोग हो भन्दै एमसीसीको पक्षमा देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?