नेकपाले सुरु गर्यो लब्सीफेदीबाट ‘एमसीसी बिरुद्ध मार्च पास अभियान’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले ‘एमसीसी बिरुद्ध मार्च पास अभियान’ सुरू गरेकाे छ । उक्त अभियान एनसीसीकाे सबस्टेशन निर्माणस्थल काठमाडौंकाे लब्सीफेदीबाट सुरूवात गरिएकाे हाे ।

काठमाडौंकाे गाैशालाबाट भटभटे र्यालीसहित लब्सीफेदी पुगेकाे नेकपाका नेता, कार्यकर्ता र जनताकाे ठूलाे मासले मार्चपास गरेकाे थियाे । मार्चपास गर्दै आएका नेता, कार्यकर्तालाई स्थानीय जनताले भब्य स्वागत गरेका थिए ।

जनसाँस्कृतिक महासंघकाे आयाेजनामा भएकाे मार्चपासमा नेकपा स्थायी समिति सदस्य शिलु सी र शुशिल सीकाे सहभागिता रहेकाे थियाे । मार्चपास पछि आयाेजना गरिएकाे विराेध सभाकाे अध्यक्षता माइला सीले गरेका थिए भने शिलुले सभाकाे प्रमुख अतिथ्यता ग्रहण गरेकी थिइन् ।

मार्चपास अभियानकाे उद्घाटन गर्दै शिलुले लब्सीफेदीका जनताले कुनैपनि हालतमा एमसीसी कार्यान्वयन हुन नदिने बताइन् । जनतासँग पार्टी जाेडिएकाले एमसीसीलाई लब्सीफेदीबाटै विदाई गर्नुपर्ने उनकाे भनाई थियाे । हाम्राे पार्टी विकास विराेधि पार्टी हाेइन्, लब्सीफेदीका जनता पनि विकास विराेधि हाेइनन् । उनले भनिन्, ‘विकासमा नाममा साम्राज्यवादले नेपालकाे सार्वभौमसत्तामाथि हस्ताक्षेप गर्न खाेज्छ भने, नेपाललाई सैन्य अखडा वनाउन खाेज्छ भने त्यसकाे हामी प्रतिकार गर्छाैं ।

कार्यक्रममा शुशिल सीले पनि सम्बाेधन गरेका थिए । माईला सीकाे अध्यक्षता रहेकाे कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा सामना सांस्कृतिक परिवारका आराेहले संचालन गरेका थिए । कार्यक्रममा नेकपा पाेलिटव्युराे सदस्य तथा उपत्यका व्युराे इन्चार्ज कृति सी,केन्द्रीय सदस्यहरू भृकुटी सी,प्रकाश सी, अर्जुन सी, विपिन सी,जीवन्त सी,अखिल सीकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?