२ साउन २०८१, बुधबार
२ साउन २०८१, बुधबार

जनता र देशको हितमा कदम उठाउँदा रुढीवादी नियममा बाँधिन जरुरी छैन : बिप्लब

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिब विप्लव सी ले देश र जनताको हितको लागि उठ्ने कदमहरू कुनै पनि रुढीवादी नीतिनियममा बाँधिन जरुरी नभएको बताएका छन् ।

शनिबार भएको नेकपा काठमाडौं उपत्यका व्युरोसहित तीन वटा व्युरोले संयुक्त रुपमा आयोजना गरेको राजनीति तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले देश र जनताको हक हितको लागि लड्दा आफ्नो पार्टी कार्यकर्ताले कुनै रुढी बादी नियममा बाँधिएर बस्न नपर्ने बताएका हुन् ।

उनले MCC कुनै पनि हालतमा देश र जनताका लागि सही नभएको हुँदा यसलाई जसरी पनि रोक्नु पर्ने वताए । विप्लवले ,अमेरिका हस्तक्षेप गर्न नेपालमा विभिन्न रूप र स्वरूपमा भित्री रहेको छ । आफ्ना सेना परिचालन गरी क्याम्प हरु खडा गरिरहेको छ । नेपललाई युद्व भुमि बनाई चाइनलाई घेरा बन्दी गर्ने उसको रणनीति छ । त्यसकारण वैदेशिक हस्तक्षेप, लगायत संपूर्ण राजनितीक समस्याहरू को समाधान खोज्न समाजबादी मोर्चालाई जगाउन जरुरी भएको बताउँदै , MCC ले युद्ध लिएर आउँछ, जनतालाई विखण्डन पार्न विभिन्न खालका नाराहरु दिरहेको छ त्यसकारण हामी यसमा सचेत हुनुपर्छ र यसका विरुद्ध संघर्ष गर्नुपर्छ भन्दै आफ्नो पार्टीले असोज महिनामा MCC बिरुद्ध लप्सी फेदी बाट मार्चपास गर्दै देशैभरी जागरण गर्ने बताए । ’

विप्लवले अमेरिका विरुद्धमा लड्दा कुनै देशले सहयोग गर्न चाहे उनीहरुको सहयोग पनि ग्रहण गर्ने बताए । ‘हामी अमेरिकासँग स्वाधिनताको लडाई लड्ने तयारीमा छौं । हामीलाई कसैले सहयोग गर्छ भने उनीहरुको सहयोग लिन्छौं ।’, अमेरिकाको हर्कदका विरुद्धमा आक्रोसित हुँदै विप्लवले भने, ‘अमेरिका युक्रेनबाट भागेर एसियामा द्वन्द चर्काउन खोज्दैछ । त्यही भएर हामीलाई सहयोग गर्ने देशहरुबाट सहयोग लिन्छौं ।’
 

आफ्नो पार्टीले लघुवित्त, मिटरव्याजीका विरुद्धमा संघर्ष गर्दा हजारौंको ज्यान जोगिएको जिकिर गर्दै यसका विरुद्ध निरन्तर संघर्ष गर्नुपर्ने बताए । ‘हाम्रो पार्टीले लघुवित्त, मिटरव्याजी, कालोबजारीका विरुद्धमा संघर्ष गर्दा हजारौं जनताको ज्यान जोगिएको छ । उनीहरुको पक्षमा बोलिदिदा मात्रै हजारौंले आत्महत्या गर्नबाट रोकिएको छ ।’, उनले भने, ‘मान्छे आत्महत्या गर्नबाट एक दिन रोकियो भने अर्को तरिकाले सोचिहाल्छ । बाँच्यो भने विकल्पहरु सोच्न सकिन्छ भन्ने म्यासेज हामीले दिन सफल भयौं । अहिले हामीलाई उहाँहरुको साथ छ ।’

नेकपा उपत्यका व्युरो इन्चार्ज तथा पार्टीका पोलिटव्युरो सदस्य कृति सीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा उपत्यका व्युरोसहित पूर्वी ताम्सालिङ, पश्चिम ताम्सालिङ र जवस मोर्चामा कार्यरत जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पूर्वी ताम्सालिङ व्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य विकल्प सीले गरेका थिए भने प्रशिक्षणमा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई पश्चिम ताम्सालिङ व्युरो इन्चार्ज तथा पार्टीका पोलिटब्युरो सदस्य आजद सीले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य विषम सी, शिलु सी, शुशील सीले प्रशिक्षण मन्तव्य राखेका थिए ।

अतिथिको रुपमा नेकपाका पोलिटव्युरो सदस्यहरु माइला सी, चिरन सी, आस्था सी लगायत थुप्रै केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?