७२ वर्षीय बृद्ध हत्या अभियोगमा पक्राउ

काठमाडौं, २६ भदौ । हत्याको आरोपमा ७२ वर्षीय एक वृद्ध पक्राउ परेका छन् । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका स्थायी घर भई काठमाडौं महानगरपालिका–८ गौशाला ओरालो वनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्ने ७२ वर्षीय जगतबहादुर तामाङ हत्या अभियोगमा पक्राउ परेका छन् ।

मकवानपुर भिमफेदी गाउँपालिका– ४ स्थायी घर भई सोही आश्रममा बस्ने ५० वर्षीय अमर राज पुडासैनीको हत्या अभियोगमा उनलाई प्रहरीले हिजो (सोमबार) साँझ पक्राउ गरेको हो ।

जगत बहादुरले पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको भन्ने खबर हुनासाथ प्रहरी वृत्त गौशालबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?