जी २० सम्मेलनमा सम्मिलित सम्पूर्ण देशका नेताहरु संयुक्त घोषणापत्रका लागि सहमत

नयाँदिल्ली । शनिबार देखि भारतको नयाँ दिल्लीमा सुरु भएको जी २० सम्मेलनमा जी २० मा सम्मिलित देशका नेताहरु संयुक्त घोषणपत्रका लागि सहमत भएका छन् ।

आज (आइतबार) सम्पन्न हुँदै गरेको उक्त सम्मेलनको संयुक्त घोषणापत्रप्रति नेताहरु सहमत भएको उक्त शिखर सम्मेलनको आयोजक राष्ट्र भारतले जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त सहमतिबार जनाकारी दिँदै भनेका छन्,‘हाम्रो टोलीको कडा परिश्रम र तपाईँहरू सबैको साथ सहयोगले ‘नयाँ दिल्ली(जी(२० लिडर्स घोषणापत्र’मा सहमति जुटेको छ।’यो घोषणापत्र स्वीकृत होस् भन्ने मेरो प्रस्ताव छ। म यो घोषणापत्र स्वीकार गरेको घोषणा गर्छु।’

सम्मेलनमा १७ देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका छन् । जी-२० मा अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जपान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका आबद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?