चीनले नेपालको चुच्चे नक्सा हटाएको विषयमा दूतावासमा स्मरणपत्र बुझाउँदै नेकपा

काठमाण्डौं , १५ भदौ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आज बिहान बसेको स्थायी समितिको बैठकले चीनले हालै जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा समावेश नगरेको विषयलाई लिएर चिनियाँ दूतावासमा स्मरण पत्र बुझाउने निर्णय गरेको छ ।

साथै नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना एमसिसीको विरोधमा छ जिल्लामा आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ।

आज बिहान केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको हो। घोषणा गरिएका कार्यक्रम अनुसार असोज १ गतेदेखि १५ गतेसम्म काठमाडौंसहित नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी गर्ने तयारी छ।

त्यसपछि फेरि अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने सो पार्टीले जनाएको छ। आजकौ बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल र अमेरिकी सहयोग परियोजना एमसिसीलगायत चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल भएको जनाइएको छ । नेपाली विशेषताको समाजवाद स्थापना गर्नका लागि समाजवादी मोर्चा निरन्तर अघि बढ्ने नेकपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?