काठमाडौं । समाजवादी मोर्चा नेपालको बैठक आज बस्ने भएको छ । लामो समयपछि मोर्चाको बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा आज (आइतबार) साँझ ६ बजे बस्ने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
शनिबार पार्टी कार्यालय आलोकनगरमा बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा समाजवादी मोर्चाका बारेमा छलफलसमेत भएको खतिवडाले बताए ।