७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

एमसीसी विरुद्ध आन्दोलनमा विप्लव नेतृत्वको नेकपा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी सहयाेग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बिरूद्ध भब्य प्रदर्शन गरेकाे छ । साेमबार नेकपा उपत्यका व्युराे र नेकपा निकट जवस माेर्चाहरूले सयुक्त रूपमा राष्टघाती एमसीसीबिरूद्ध भव्य प्रदर्शन गरेका हुन् ।

एमसीसीको नाममा विभिन्न सर्तसहित नेपालको सार्वभौमिकतामाथि नै हस्तक्षेप गर्ने उद्येश्यले अमेरिकी साम्राज्यवाद र साम्राज्यवादका नेपाली मतियारहरुको डिजाइनमा ससर्त लादिएको भन्दै त्यसको खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको हो। काठमाडौँको सुन्धाराबाट सुरु भएको प्रदर्शन न्युरोड असन हुदै शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई नेकपा उपत्यका ब्युरो अन्तर्गतका पार्टी तथा जवसका शिर्ष नेताहरुले सम्बोधन गरेका थिए।

सभालाई सम्बोधन गर्ने अधिकांश नेताहरुको नेपालमा सर्त सहित नेपाली कानुन, नेपाली सुरक्षा, नेपाली राष्ट्रिय स्वाधिनतामाथी अमेरिकी साम्राज्यवादले आफ्नो प्रभुत्व जमाउन खोजेको भन्दै यो सम्झौता जुनसुकै हालतमा खारेज हुनुपर्ने, देशलाई राम्राज्यवादको गुलाम बनाउने यस्तो सम्झौता फिर्ता पठाउनु पर्ने, यसलाई नेपाली जनताले सडकबाट खारेज गरिसकेकाले संसद सिंहदरबारबाट पनि खारेज हुनुपर्ने बताएका थिए ।

एमसीसीलाई हिन्दप्रसान्त सैन्य रणनीतिसँग जोडेर नेपालमा साम्राज्यवादले सैन्य अखडा बनाउन खोजेकोले यसको खारेज भएन भने यो भन्दा ससक्त अन्दोलनले परास्त पार्ने बताए। नेपालमा अहिले आफुलाई विद्वान भन्ने स्वर्णिम वाग्ले जस्ता पात्रहरुले साम्राज्यवादको पक्षपोषण हुनेगरी ओकालत गरिरहेकाले त्यस्ता देशको सार्वभौमिकता, राष्ट्रियताको ख्याल नगरी ५० लाख डलरमा देश बेच्न खोज्नु जायज थियो भन्दै हिड्ने कुपात्रलाई बेलैमा चिन्न र साम्राज्यवादको जुठो खाएर डकार्नेहरुको भ्रममा नपर्न समेत अपिल गरे।

कोणसभालाई अखिल (क्रान्तिकारी)का महासचिव ललित सी, अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव कुशल सी, नेकपाका प्रतिनिधी समिति सदस्य तथा काठमाडौँ ५ नम्बर जिल्ला इन्चार्ज इच्छुक सी लगाएतले सम्बोधन गरेका थिए ।

अबको केहिदिनमा एकासीसी कार्यन्वयनमा लैजाले सरकारी तयारी भएकाले यसलाई रोक्न सम्पूर्ण देशभक्त क्रान्तिकारी कम्युनिस्टहरु जुर्मुराएर साम्राज्यवादको हरेकखाले हस्तक्षेप र तिनका नेपाली मतियारहरुलाई देशबाट लखेटी देशको सार्वभौमिकताको रक्षा गर्न संयुक्त अपिल गरेका थिए। प्रदर्शनमा राष्ट्रघाती एमसीसी खारेज गर, गो ब्याक एमसीसी, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद , दलाल पुँजीवाद मुर्दावाद लगायतका नारा लगाएका थिए।

कोणसभाको संचालन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य अटल सीले गरेका थिए भने प्रदर्शनमा नेकपाका हजारौ नेताकार्यकर्ता तथा जनसमुदायको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?