मन्त्रीबाट हट्न तयार छु : सुदन किराती

काठमाडौं । संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले आफु मन्त्री पदबाट हट्न तयार रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफु मन्त्री पदबाट हट्न तयार रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु, मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाउ तर म सहितको हुनुपर्छ भन्ने मेरो सर्त होइन । अध्यक्ष कमरेडलाई बाध्यता छ हामी उहाँलाई सहयोग गर्न तयार छौं ।’

गत पुस १० गते माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै उनी संस्कृति तथा पर्यटनमन्त्री नियुक्त भएका थिए । अहिले सरकारमा जनमत पार्टीलाई सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले माओवादीका एक मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेका छन् ।

बाहिर मन्त्री किराती र सामान्य प्रशासन मन्त्री अमनलाल मोदीमध्ये एकलाई हटाउने चर्चाकाबीच मन्त्री किरातीले आफु पदबाट हट्न तयार रहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?