३१ असार २०८२, मंगलबार
३१ असार २०८२, मंगलबार

कञ्चनपुरमा धुमधामका साथ मनाइयो गुरिया पर्व

कञ्चनपुर : कञ्चनपुरमा गुरिया पर्व मनाइएको छ। जिल्लाको भीमदत्त नगरपालिका १३ स्थीत बडैपुरमा सुनाहा जातिको पर्व गुरिया धुमधामका साथ मनाइएको हो।

गुरिया पर्व परापूर्व कालदेखि आफ्नो रीतिरिवाज र परम्परा अनुसार हरेक वर्ष मनाउदै आएको सुनाहा समुदायका अगुवा राम सिंह सुनाहाले बताउनुभयो। बडैपुर देखि महाकाली नदी सम्म सुनाहा जातिका महिला र पुरुषहरुले (पार्वती माता, गौरा देवी)को आराधाना गर्दै महाकाली नदीमा धुप दिप गरी प्रसाद वितरण गरेका थिए । सुनाहा जातिले साउन महिनामा गुरिया देवी (गौरा देवीको) पुजा आराधाना गर्ने गर्दछन् ।

लोपन्मुख जातिमा समेत रहेका सुनाहा जाति भीमदत्त नगरपालिकाको वडा नम्बर ११, १२ र १३ मा मात्र रहेको छ । जसमा ९६ वटा घर धुरी छन् ।

कैलाली, बर्दिया र कञ्चनपुरमा रहेको सुनाहा जाति देशभरीमा ११५० जनाको हाराहारीमा रहेको सुनाहा समुदायका अगुवा राम सिंह सुनाहाले बताउनुभयो।

उहाँले भन्नु भयो ’आफुहरुको संख्या थोरै र अति विपन्न परीवार रहेको छ, राज्य, सघं, सस्थामा आफुहरुको कुनै प्रकारको पहुँच नभएकोले सरकारले आफुहरुलाई सुचिकरण, पहिचन र आरक्षणको सुविधा दिनु पर्छ।’

शनिबार सम्पन्न उक्त कार्यक्रममा सुनाहा जातिका भल्मन्सा घनश्याम सुनाहाको अध्यक्षता रहेको थियो भने कार्यक्रममा प्रमुख अतिथी भीमदत्त नगरपालिका नगर उप प्रमुख निलम लेखक जोशी रहनु भएको थियो ।

विशिष्ट अतिथि वडा नम्बर १३ का वडा अध्यक्ष राम बहादुर बोहरा र १६ वडाका वडा अध्यक्ष श्री केशव सिह बिष्ट रहनु भएको थियो । सबै जात जातीयताको धर्म संस्कृतिको संरक्षण गर्नु हामी सबैको कर्तव्य रहेको वडा नं. १३ का वडा अध्यक्ष राम बहादुर बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?