२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

अखिल क्रान्तिकारी सुप विश्वविद्यालय स्ववियु चुनावमा होमियो

कञ्चनपुर, असार ३१ : अखिल क्रान्तिकारी सुदुरपश्चिम विश्विद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचनमा होमिएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी स्ववियु निर्वाचनमा होमिएको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल ब. धामी(अबिरल)ले आगामी १४ साउनमा हुने सुपविको स्ववियु निर्वाचनका लागि होमिएको बताए । उनका अनुसार मंगलबार पाटी र विद्यार्थी संगठनविच स्ववियु निर्वाचन बारे छलफल, अन्तरकृया भएको छ ।

माओवादी केन्द्रका नेताहरुले अखिल क्रान्तिकारीलाई विद्यार्थीको हकहितका साथै सुपविभित्र रहेका शैक्षिक बिकृती बिरुद्ध शसक्त भएर संघर्ष गर्दै विश्वविद्यालय सुधारोन्मुख बनाउन केन्द्रीतमा जोडदिएका छन । नेकपा माओवादी केन्द सुप प्रदेशका इन्चार्ज गिरीराजमणी पोखरेल, संसदीय दलका नेता खगराज भट्ट, केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, संविधान सभा सदस्य कमल क्षेत्री(हरिस ठकुल्ला), जिल्ला इन्चार्ज समेत रहेका संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट, केन्द्रीय सदस्य माया नेगी, गोबिन्द विक, पुर्वमन्त्री मान बहादुर सिह सहितका नेताहरुले विद्यार्थीलाई चुनावमा होमिन निर्देशन दिएका छन ।सरकारको नेतृत्व गरेका काँग्रेस, एमाले नेतृत्वको सरकार शिक्षा क्षेत्र ध्वस्थ गर्न उद्यत रहेको भन्दै नेताहरुले अब आम शिक्षा क्षेत्र सुधार गर्दै अघि बढ्नुपर्ने अखिल क्रान्तिकारीको काँधमा जिम्मेबारी आएको बताएका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले अखिल क्रान्तिकारी विद्यार्थीको हकहितका एजेण्डा अघि सारेर शसक्त रुपमा चुनावमा होमिएको बताए । उनले उम्मेदवार छनौटदेखिका प्रचारप्रसारका कार्यक्रम निरन्तर अघि बढ्ने बताए । ‘अखिल क्रान्तिकारी जहिल्यै चुनाव भए हामी तयार छौँ, ‘उनले भने, ‘चुनावका लागि क्रान्तिकारी अब युद्धस्तरमा खटिएको छ ।’ आम विद्यार्थीको हकहितका साथै सुपविका शैक्षिक बिकृति, बिसङगति बिरुद्धमा संघर्ष गर्दै विश्वविद्यालय सुधारका लागि क्रान्तिकारीलाई साथ दिन समेत उनले अपिल गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?