२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

छाउगोठमा सुतिरहेका अबस्थामा भिरबाट ढुङ्गा खस्दा आमा छोरीको मृत्यु

छाउगोठमा सुतिरहेका आमा छोरीको मृत्यु भएको छ । अछाममा महिनावारी बार्न खेतमा त्रिपाल टाँगेर सुतेको अवस्थामा भीरबाट खसेको ढुङ्गाले लागेर महिला र एक बालिकाको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ ।

अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलमा मंगलबार बिहान करिब ५ः३० बजे भीरबाट खसेको ढुङ्गाले त्रिपालमुनि सुतेका तीन जनालाई च्याप्दा घटनास्थलमै दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । मृत्यु हुनेमा गोरे भण्डारीकी ७ वर्षीया छोरी कविता भण्डारी र ३५ वर्षीया निम खनाल छन् । घटनामा कविता भण्डारीकी आमा ३६ वर्षीया रत्ना भण्डारी गम्भीर घाइते भएकी छन् । उनको टाउकोमा गम्भीर चोट लागेको र अहिले उपचारका लागि नेपालगञ्ज रेफर गर्ने तयारी भइरहेको छ ।

उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । अविरल वर्षाका कारण भीरबाट खसेको ढुङ्गाले त्रिपाल टाँगेर सुतिरहेका उनीहरुलाई लागेको थियो । तीमध्ये दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य चौकी बारला पठाइएको थियो । मृतक खनाल र भण्डारी दुवै जना माइतीघरमा आएर महिनावारी भएपछि खेतमा पाल टाँगेर सुतेका थिए । भण्डारीकी ७ वर्षीया छोरी आमाको मायाले उनीहरूसँगै त्रिपालमुनी सुतेकी थिइन् । आमा गम्भीर घाइते हुँदा छोरीसहित थप एक जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?