कैलाली , श्रावण २७ : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कैलाली जिल्ला समितिको पाँचौं बैठक सम्पन्न भएको छ । शनिबार कैलालीको मुसरियामा बसेको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।
बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी संगठनका सेती ब्युरो इन्चार्ज बबर जंग सी ले विद्यार्थीका हकहितका लागि निस्वार्थ भावले संगठनले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताए । बैठकलाई सम्बोधनका क्रममा उनले निःशुल्क र गुणस्तरीय शिक्षामा सबैको पहुँच पुर्याउनका लागि अखिल क्रान्तिकारी पहलकदमी लिने बताए ।
संगठनका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला संयोजक विनोद सी को अध्यक्षतामा बसेको उक्त बैठकले जिल्ला भरका क्याम्पसका इकाई भेला सम्पन्न गर्ने , संगठन सुदृढीकरण गर्ने लगायत अन्य सांगठनिक काममा खट्ने निर्णय भएको बताइएको छ । बैठकमा अथितिका रूपमा संगठनका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रकाश सी, संगठनका जिल्ला सदस्यहरुको उपस्थितिमा रहेको थियो ।
साथै आजै अखिल क्रान्तिकारी कैलालीले मसुरियाको जनप्रिय माविको परिसरमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ ।