२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार

दर्जनौ नेताहरुले प्रवेश गरे विप्लव नेतृत्वको नेकपा

कञ्चनपुर , श्रावण २१ : नेपाल कम्युनिस्टमा विभिन्न पार्टी परित्याग गरी दर्जनाैं मान्छे प्रवेश गरेका छन । आईतबार नेकपा कञ्चनपुर जिल्ला समिति द्वारा आयोजित संगठन विस्तार तथा ध्रुविकरण अभियान अन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिकामा नेताहरुले पार्टीमा प्रवेश गरेको नेकपाले बताएको छ ।

नेकपा एमालेबाट राजाराम रानाको नेतृत्वमा १ दर्जन बढी , नेपाली कांग्रेसबाट घुम्मन् चौधरीको नेतृत्वमा झण्डै १ दर्जन र नेकपा माओवादी केन्द्रबाट मान बहादुर विकको नेतृत्वमा ५ दर्जन बढी नगर र वडा स्तरीय नेता कार्यकर्ता ले पार्टीमा समाहित भएको नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी बताए ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी इन्चार्ज विराटले पार्टीले कुनै पनि हालतमा संसदीय व्यवस्था स्वीकार गरेर नजाने बताएका छन । ध्रुविकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा नेता विराटले वर्तमान संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएको यसको समाधान जनताको नेतृत्व गर्ने सत्ता वैज्ञानिक समाजवाद रहेको उनको दाबी छ ।

ध्रुविकरण कार्यक्रममा नेकपा महाकाली ब्युरो सचिव वीरेन्द्र सी, नेकपा कञ्चनपुर सचिव दिवार सी लगायतको जिल्ला नेताकार्यकर्ता र जबसका नेताहरूको सहभागिता रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?