८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

सक्रिय हुँदै संसदीय समिति : आज तीन समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका तीन समितिहरूको बैठक आज (बिहीबार) बस्दै छन् । संसद सचिवालय सिंहदरवारमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११:३० बजे समितिको सभा हलमा बस्ने छ । बैठकमा भूमि व्यवस्था सम्बन्धी वर्तमान समस्या तथा समाधानका विषयमा छलफल हुनेछ ।

त्यस्तै, पूर्वाधार विकास समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठक पूर्वाधार समितिको सभाहलमा बस्ने छ । आजै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक युवा तथा खेलकुद मन्त्रालयको वर्तमान अवस्थाका विषयमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?