विप्लव र प्रचण्ड बीच बालुवाटारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम सी ‘विप्लव’बीच भेटवार्ता भएको छ।

प्रचण्डलाई भेट्न विप्लव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले दुई नेताबीच समाजवादी मोर्चालाई प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धि रक्षाबारे गम्भीर छलफल भएको बताएकी छन्।

‘समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल,’ प्रचण्ड र विप्लवबीच भेटवार्ताको तस्बिर साझा गर्दै दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्।

सोमबार मात्रै सत्तामा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा समेत सम्मेलित समाजवादी मोर्चा घोषणा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?