२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

प्रतिगमन विरुद्ध समाजवादी मोर्चा लड्ने छ : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले समाजवादी मोर्चा प्रतिगमन र यथास्थितिविरुद्ध बनेको बताएका छन् । सोमबार समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चाले प्रतिगमनको विरुद्ध लड्ने बताएका हुन् ।

अध्यक्षा नेपालले भने, ‘हामी समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाएर लान चाहन्छौं । हामी देशभक्ति शक्तिहरुलाई हातेमालो गर्दै लान चाहन्छौं । समाजवादी नेपालको निर्माणको पक्षमा हुनेलाई समेटेर जान चाहन्छु ।’

अध्यक्ष नेपालले सबै सकारात्मक शक्तिहरूलाई एकताबद्ध बनाउनको लागि मोर्चा बनाएको बताए । यो पहिला पटकको सहकार्य नभएकाले विश्वासको साथ अघि बढ्ने उनको भनाई छ ।

उनले कांग्रेस र एमालेको नाम नलिई पछिल्लो समय भइरहेका टिकाटिप्पणीको खण्डन गरे । कांग्रेसलाई घुर्काउन र एमालेका विरुद्ध मुकाबिलाका लागि मोर्चा गठन नभएको उनको भनाई थियो । उनले अगाडि भने, ‘कुनै पार्टीलाई घुर्क्याउन खोजेका होइनौं, कसैलाई दबाव दिन र कसैलाई तर्साउन चाहेको पनि होइन । तर प्रतिगमनको भने मुकाबिला गर्ने उनले बताए ।

आफ्नै पार्टीका नेताहरुलाई पनि मोर्चामा आवद्ध भएका दलहरु एकअर्कामा बिलय हुने त होइन भन्ने परेको भन्दै एकीकृत समाजवादी अध्यक्ष नेपालले भने, ‘कसैले निल्ने वाला छैन, हामी निलिने बाला पनि छैनौं ।’ आफूहरुको सम्बन्ध आजको नभएको र पहिलो सहकार्य पनि नभएको भन्दै उनले आपसमा विश्वास रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?