२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

संकटको फाइदा पश्चगामीलाई उठाउन दिन हुँदैन : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम सी ‘विप्लव’ले संकटको फाइदा प्रतिगामी र पश्चगामीलाई उठाउन दिन नहुने बताएका छन ।

राष्ट्रियसभामाट सोमबार समाजवादी मोर्चा घोषणापछि बोल्दै विप्लवले देशमाथि अहिले अतिक्रमण भइरहेको बताउँदै नेपाल अग्रगमन र पश्चगमनको लडाईंमा उभिरहेको बताए ।

‘सातबुँदे सहमतिपत्र सातबुँदे घोषणापत्र लिएर तपाईहरुको बिचमा हामी उपस्थित भएका छौँ र हामी पूर्ण आत्मविश्वासका साथ हामीले दाबी गरेका छौँ । यो देशको नेतृत्व अग्रगामीहरुले गर्ने हो’, उनले भने, ‘यो देशको नेतृत्व वैज्ञानिक समाजवादी, समाजवादी मोर्चाले गर्ने हो, यो देशको नेतृत्व देशभक्त स्वाभिमान नागरिकहरुले गर्ने हो । हामी सक्छौँ, तपाईहरुको विश्वासबाट ।’

यस्तै उनले उक्त समाजवादी मोर्चा घोषणा नेपाली राजनीतिमा नयाँ प्रयोग भएको उल्लेख गरे । ‘नेपालको स्वाधिनता र नेपाली जनतको अधिकारको लागि एउटा नयाँ संघर्ष लडाई अगाडी बढाउनुपर्छ भन्ने सोचका साथ ईतिहासमा हामीले एउटा नयाँ अभ्यास ल्याएका छौँ- समाजवादी मोर्चा नेपाल । यो नेपाली राजनीतिको एउटा नयाँ मोड हो । नयाँ प्रयो हो यो । यो नेपाली राजनीति इतिहासमा कमै प्रयोग भएको छ’, उनले भने, ‘सरकारमा भएको पार्टी पनि यहाँ हुनुहुन्छ र हामी जनताको बिचमा संघर्ष गरिरहेका पार्टी पनि यहाँ छौँ । हामी सक्छौँ, हामीले जवाफ दिने प्रयत्न गरेका छौँ ।’

उनले देशमा आज भइरहेको संकटबाट प्रतिगामी र पश्चगामीहरुलाई कुनै पनि हालतमा मौकाको फाइदा उठाउनु दिनु नहुने बताए । ‘कुनै पनि मुल्यमा आजको संकटबाट प्रतिगामी र पश्चगामीहरुलाई मौकाको फाइदा उठाउनु दिनु हुँदैन’, उनले भने, ‘कुनै पनि स्थितीमा हाम्रो देशमाथि आँखा लगाउने कुनै साम्राज्यवादी दृष्टिलाई स्वीकार गर्न सकिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?