कञ्चनपुरमा राष्ट्रियताको रक्षाका लागि हस्ताक्षर संकलन गर्दै युवा संगठन

कञ्चनपुर , असार ०३ : विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल कञ्चनपुर जिल्ला समितिले राष्ट्रिय स्वाधीनता रक्षाको लागि हस्ताक्षर अभियान सुरु गरेको छ । आईतबार जिल्लाको महेन्द्रनगर बजारको मदन चोकमा संगठनले हस्ताक्षर संकलन गरिरहेको छ ।

आजबाट सुरु भएको उक्त हस्ताक्षर संकलन अभियान ८ गते सम्म चल्ने संगठनका कञ्चनपुर जिल्ला अध्यक्ष भरत सी ले युग प्रेस संग कुरा गर्दै बताएका छन् ।

हस्ताक्षर संकलन गर्नुको कारण उल्लेख गर्दै संगठनले भनेको छ , “ एमसिसी खारेज गर्न र देशलाई मुक्त गर्न ,भारतले नेपालको लुम्बिनी क्षेत्र समेटी कथित सांस्कृतिक नक्सा प्रकाशित गरेको हुँदा उक्त नक्सा खारेजीको माग , भ्रष्टाचार ,कमिसन , लघुवित्त र मीटर व्याजिको विरुद्ध हस्ताक्षर संकलन अभियान हो ।”

संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?