समाजवादी मोर्चा घोषणाको अन्तिम तयारीमा शीर्ष नेताहरु

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरु समाजवादी मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका छन् । भोलि असार ४ गते समाजवादी मोर्चा घोषणा गर्ने तयारीमा रहेका दलका शीर्ष नेताहरु आज बिहान बालुवाटारमा छलफलमा जुटेका हुन् ।

मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा सहभागी हुने गरी बालुवाटारमा छलफल भइरहेको छ। उनीहरुबीचको छलफल पश्चात समाजवादी मोर्चा मोडालिटी र घोषणालाई अन्तिम रुप दिइने बालुवाटार स्रोतले जनाएको छ ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल जारी रहेको बताइएको छ । नेकपाका महासचिव विप्लव सी पनि बालुवाटार जाँदैछन् ।

कार्यदलले मोर्चाको अवधारणापत्रको मस्यौदा तयार पारेको छ । यसलाई अन्तिम रूप दिन आज बैठक बोलाइएको हो ।​ मोर्चामा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई पनि सहभागी गराउने भनिए पनि बैठकमा बोलाइएको छैन्।

असार १ गते समाजवादी मोर्चा गठनको घोषणा गर्ने भने पनि आन्तरिक तयारी नपुगेको भन्दै घोषणा भएको थिएन। भोलि असार ४ गते सोमबार मोर्चा घोषणा गर्न दलहरु अन्तिम तयारीमा जुटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?