माकुने भन्छन : नेकपा ब्युँताऔँ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन् । शनिबार नेकपा एकीकृत समाजवादी भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो अपिल गरेका हुन् ।

अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन । कसैकसैलाई लागेको छ, एमालेमा विलय हुन्छ । तर, एमालेमा त आफैं रुवाबासी चलिरहेको छ । हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौं ।’ एमाले अध्यक्ष केपी ओली शर्मा र प्रचण्डलाई आग्रह गर्दै भने, ‘आउनुहास्, प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौं, केपीजी तयार हुन्छ ? नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्युँताऔं ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुर्सीबाट हट्न नचाहेर ७० वर्षे उमेर हद हटाएको बताउँदै उनले आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर नबस्ने पनि बताए ।

‘कुर्सी छोड्नुपर्ला भनेर ७० वर्षको उमेर हद नै हटाइदिए । के हुन्थ्यो, सल्लाहकार भएर बसे हुँदैन ?’ अध्यक्ष नेपालले भने, ‘केटाहरूले राम्रो काम नगरे फेरि आएर जिम्मा लिए भइहाल्छ नि । ७० वर्ष नाघेकालाई बोलाउने, हामी त भयो अब आराम गर्नुहोस्, सल्लाहकार भएर बस्नुस् भन्छौं । पदमा बस्दैनौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?